सबैलाई पठाउनु होला

काठमाडौं –    मावोवादी केन्द्रका अधक्ष्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना सन्देश जारी गर्नुभएयो  ।

मंगलबार साँझ जारी गर्नुभएको शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभएको हो  ।

सन्देशमा   भन्नुभएको छ, ‘नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै हाम्रो विशेष पहिचान रहेको छ  ।

बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका हुन  ।

जनताको लामो संघर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरुको सम्बोधन तथा नयाँपनलाई समेत अबलम्वन गर्ने आधार निर्माण संविधानमा गरेका छौँ ।

अन्य कुराको अतिरिक्त राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com