सबैलाई पठाउनु होला

गोरखा, २७ असार – गोरखाको पालुङटार नगरपालिकाका प्रमुख बिबश चिन्तनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पालुङटार नगरपालिकाको समग्र बिकासका केन्द्रको तर्फबाट पहल गरिदिन ध्यानकर्षण गराउनु भएको छ ।

उपप्रमुख बन्दना पाण्डेसंगै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएका प्रमुख चिन्तनले बर्षेनी बाढी र पहिरोबाट क्षति पुग्ने गरेको पालुङटार नगरपालिकाको दिर्घकालिन समस्या समाधानका लागि केन्द्रको तर्फबाट आबश्यक आग्रह गर्नुभयो ।

‘पालुङटारले बर्षेनी बिपतको सामना गरिरहनु परेको छ, नगरप्रमुख चिन्तनका स्वकिय सचिव असोक मरहठ्टाले भन्नुभयो, बाढीको नियन्त्रणका लागि त्यस क्षेत्रमा तटबन्धन निर्माण गर्न केन्द्रको तर्फबाट अलि बढी बजेट छुट्याउनका लागि पहल गरिदिने बिषयमा छलफल भयो ।’ पालुङटार नगरपालिकाको खार खोला, चित्रे खोला, खहरे खोलामा आउने बाढीले हरेक बर्ष क्षति पुर्याउने गरेको छ ।

गएको आर्थिक बर्षदेखि नै त्यस क्षेत्रमा बाढी नियन्त्रणका लागि काम सुरु भइसकेको भएतापनि पर्याप्त बजेटको अभावमा समस्या हुदैँ आएको छ । आगामी आर्थिक बर्षका लागि ति क्षेत्रमा बाँध नियन्त्रणका लागि ३ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ ।

त्यस्तै पालुङटार नगरपालिकालाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने चर्चा भएपनि काम सुरु हुन नसकेको भन्दै अध्यक्ष प्रचण्डको ध्यानकर्षण गराइएको उहाँले बताउनुभयो ।

जिल्लाकै एक मात्र पालुङटार एयरपोर्टको मर्मत स्तरोन्नती तथा सञ्चालनका प्रक्रियालाई पनि संघिय सरकारले जोड दिनु पर्नेमा अध्यक्ष प्रचण्डको ध्यानकर्षण गरिएको उहाँको भनाई छ । भेटमा अध्यक्ष प्रचण्डले नगरपालिकाको बिकासका लागि आबश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनयुद्धको सुरुवाती चरणमा नै अजय भूमिगत भएका थिए । २०५२ सालमा उनी भुमिगत हुँदा उनका परिवार दु:ख र पीडामा थियो । परिवार र आफ्नो खुसीलाई त्यागेर उनी नेपाली समाजको लागि बन्दुक उठाएर युद्धमा होमिएका थिए ।

आफ्नो भविष्य भन्दा देशको भविष्य ठूलो हो र शामन्तवादी जहानियाँ राजतन्त्रलाई हटाउनु पर्छ भन्ने विचार बोकी उनी अघि बढे । यसै क्रममा दु:ख सुखलाई स्वीकार्दै जनमुक्ति सेनाको कमीसार समेत भए ।

हरेक वस्ती, हरेक गाउँ गएर अजयले तानाशाही शासन व्यवस्थाले चरम विभेद र गरिबी व्यहोर्न बाध्य जनताको मुक्तिको लागि आफ्नो राजनैतिक आवाज बुलन्द गरे । ठूलाबडाले मात्रै राज्यको श्रोत र साधनलाई आफ्नो पेवा बनाउने राजतन्त्रात्मक राज्यव्यबस्थाको बिरुद्ध माओवादीको हरेक एजेन्डालाई जनताको विचमा राखे । पालुङ्टारमा उनले जनतालाई आफ्नै परिवारको सदस्य सम्झी अघि बढिरहे । जनयुद्धको योद्धा हुँदा देखि नै उनलाई जनताले माया गर्थे ।

लामो संघर्षपछि माओवादी शान्ति सम्झौतामा आयो । त्यसपछि झन् अजय राजनीतिलाई नै आफ्नो धर्म बनाएर अघि बढे  र, यसैमा आफ्नो भविष्य र जीवन समर्पण गरे ।

हाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पालुङ्टार नगर कमिटीको अध्यक्ष, गण्डकी प्रदेशमा स्थानीय तह विभागको सदस्य र इञ्चार्ज भएर विवश चिन्तन ‘अजय’ले हाल पालुंगटार नगरपालिकाको मेयर बनेपश्चात निरन्तर जनताको सेवा र समग्र पालुंगटारको बिकाशको लागि घनिभूत संघर्ष र छलफलमा लागिरहेका छन् ।

राजनीतिलाई नै आफ्नो सेवा बनाएका अजय यतिबेला जनताको हरेक सुखदुखमा समर्पित हुँदै पालुंगटारबासीहरुको प्रगति, उन्नति र बिकाशका सम्पूर्ण काम गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com