सबैलाई पठाउनु होला

काठमाण्डौ, २८ असार – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उहाँहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा  पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

उहाहरुबीच दुई देशबीचको आर्थिक सहयोग र साझेदारीका विषयमा पनि कुराकानी भएको बताइएको छ । युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी हुनुका साथै उहाँहरुले रुस र युक्रेनको युद्धका कारण भएको खाद्यान्न संकटको अवस्थामा युक्रेन र अरु विश्वका लागि के कसरी खाद्यान्न आपूर्तिको अवस्थाको व्यवस्थापन गर्ने भन्ने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

रुसले युक्रेनमा हमला गरेपछि पछिल्ला दिनमा विश्वमा नै खाद्यान्न अभाव हुदै गएको छ । युक्रेनका लागि र युक्रेन भएर हुने खाद्यान्न आपूर्तिका सम्बन्धमा विश्वका विभिन्न देशले यसको विकल्पका बारेमा छलफल गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com