सबैलाई पठाउनु होला

अछाम –    अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन् ।

उहाँहरुको परिचय खुल्न बाँकी छ । यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाए  ।

दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाए  । घटनास्थलमा गएराति नै प्रहरीको टोली खटिए पनि अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com