जनकपुरधाम – यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०७८-७९ मा रु २२ करोड ३० लाख राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि सो राजस्व सङ्कलन भएको हो ।
आर्थिक वर्ष २०७८-७९ रु ५५ करोड ५६ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।
आव २०७८-७९ मा सवारी करबाट रु ४२ करोड २२ लाख, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख राजस्व सङ्कलन भएको छ ।
यो अघिल्लो आवभन्दा रु २२ करोड ३० लाख बढी हो । गत आवमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो ।
यस्तै आव २०७८-७८ मा १६ हजार एक सय ८७ मोटरसाइकल, पाँच सय ११ ट्र्याक्टर, चार सय ७१ टेम्पु, २८२ ई–रिक्सा तथा २३८ जिप-कारलगायत दर्ता भएको साहले बताउनुभएको छ ।
सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ भने २२ हजार ७५० जनाको नविकरण गरिएको हो ।

