नेपालमा दसैलाई ठुलो र महान पर्ब मान्ने गरिन्छ । तर यो पर्ब गरिबलाई महान हुदैन । गरिबको लागी दसैँ नभएर दसा बन्ने गरेको छ । दसैँ धन हुनेलाई हर्ष उल्लास गरिबलाई निरास यस्तो पर्वलाई महान पर्वको रुपमा मनाउने गरेको पाइन्छ ।
दसैँ आउनु एक महिना अगाडी देखिने दसैको धुनहरु बज्न थाल्छन् त्यो धुनले सम्पन्न परिवारको खुसि र उल्लाहास छाउछ, तर गरिब र भुईमान्छेहरुको झन् पिडा दिन्छ ।दिनभरी काम गरेर ५ सय कमाएर ५ सयले भय जति सबै तेसैले पुराउन पर्ने हरुले नया कपडा मिस्टान्न भोजनको सपना त के पुरा हुन्थ्यो । जे होस् अरुको दसैँ हेरेर भएपनि हुने को महान पर्ब दसैँ मनाउने पर्ने बाध्यता गरिबहरुको छ ।
गरिब र धनीबीचमा भिन्न रूपमा मनाइने गरिएको छ । हरेक वर्ष आउने चाड मनाउनका लागि गरिबलाई भने दशा नै साबित हुने गरेको छ । कुनै समाजमा देखाउनकै लागि भएपनि ऋण लिएर जेनातेना दसैँ मान्ने गरेको पाइन्छ। यसको कारण पछिल्लो समयमा बढ्दै गएको चाडपर्व मनाउने तडकभडकपन, भड्किलो र खर्चिलो संस्कृतिको बिकास भएको पईन्छ। समाजमा इज्जत जोगाउनकै लागि भए पनि ऋण गरेर भए पनि चाडबाड मनाउन बाध्य छन्, लाखौँ नेपालीहरू ।
परिचय
दसैँ वा बडा दसैँ नाम: दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध-पूजा नेपालीहरूको प्रमुख चाड हो राष्ट्रिय चाड समेत मनिने दसैँ नौरथा हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म नौरथा शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन्। असोज शुक्ल प्रतिपदा घटस्थापना मा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ। प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ।
विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ। असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ।
यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।
दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन्: चैतको शुक्लको एवम् कात्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। दसैँ हर्ष एवम् उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव पर्व सुरु भएको हो। दसैँ पर्वले दस प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने छोड्ने प्रेरणा दिन्छ।
विजयादशमी
नौरथाको दसौँ दिनलाई विजयादशमी पनि भनिन्छ। यस सम्बन्धमा श्रीमद्देवीभागवत नौरथा प्रकरणमा नौरथा पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ। यस दिनमा देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।
माथि जेजे भनियको भयपनी आजकालको दसैँ खास यस्तो छैन धनि र गरिब बिच स्तर छुट्याउने पर्वको रुपमा हेर्ने गरेको छ । धन खर्च गरेर समाजमा देखाउने महान पर्वको रुपमा पनि हेर्ने गरियको छ ।

