सबैलाई पठाउनु होला

गोरखा ।
गोर्खा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम खत्री पछिल्लो समय जनतामाझ बढ्दो विश्वास र अपेक्षाको केन्द्रमा देखिन थालेका छन्। लामो समय राजनीतिभन्दा बाहिर रहेर समाजसेवा र व्यवसायमार्फत जनताको दैनिकीसँग प्रत्यक्ष जोडिँदै आएका खत्री आज त्यही भूगोलको जनआवाज बोकेर संसद् प्रवेशको यात्रामा छन्।

खत्रीको राजनीतिक यात्रा औपचारिक राजनीतिभन्दा पनि समाजसेवाबाट सुरु भएको हो। शिक्षा, स्वास्थ्य र बालबालिकाको संरक्षणदेखि लिएर विपन्न समुदायका साना–साना समस्याको समाधानमा सक्रिय रहँदै आएका उनी स्थानीयस्तरमा ‘काम गर्ने व्यक्ति’का रूपमा परिचित छन्। स्कुलका बालबालिकाको संरक्षण र स्याहार, सामाजिक समन्वयदेखि विभिन्न सामाजिक अभियानमा निरन्तर संलग्न रहँदै आएका खत्री समाजका वास्तविक आवश्यकतासँग नजिकबाट जोडिएका व्यक्ति मानिन्छन्।

गोर्खा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधित्व गर्दै विकास र समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेका छन्। उनका अनुसार जनताका गुनासो, आधारभूत आवश्यकता र विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै आफ्नो सम्पूर्ण समय समाजसेवा र जनहितका कार्यमा समर्पित गर्ने प्रतिबद्धता उनले जनतासामु व्यक्त गरेका छन्।

“मैले गर्न बाँकी काम अझै धेरै छन्,” भन्दै खत्रीले आफूलाई जनप्रतिनिधिको रूपमा अवसर दिन मतदातासँग अपिल गरेका छन्। उनले बदलिएको नेपाली कांग्रेस देश बदल्न आएको सन्देशसमेत जनतासामु राख्दै सेवा भावकै आधारमा राजनीति गर्ने स्पष्ट धारणा अघि सारेका छन्।

खत्री भन्छन्, “राजनीति पद होइन, सेवा हो। म बाध्यताले होइन, खुशीले, विवेकले र आफ्नै इच्छाले मतदान गर्न आग्रह गर्छु।” विगतमा पनि आफूले सकेसम्म जनताको सेवा गर्दै आएको स्मरण गराउँदै उनले अझ ठूलो जिम्मेवारी दिएर संसदमा पठाइदिन मतमार्फत आग्रह गरेका छन्।

समाजसेवामा परीक्षण भइसकेको अनुभव, स्थानीय समस्याको गहिरो बुझाइ र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण प्रेम खत्री गोर्खा क्षेत्र नम्बर १ का मतदातामाझ भरोसाको विकल्पका रूपमा उभिएका छन्। अब उनको यात्राले संसदमा पुगेर स्थानीय आवाजलाई कति बलियो बनाउँछ भन्ने निर्णय भने मतदाताको हातमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com