सबैलाई पठाउनु होला

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको बेला उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले देशभर हालसम्म कुनै गम्भीर सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ।

मंगलबार निर्वाचन आयोग मा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले मुलुकको पछिल्लो शान्ति सुरक्षा अवस्थाबारे विस्तृत बिफ्रिङ गरेका थिए। छलफलपछि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै सुरक्षा तयारी मजबुत रहेको बताइएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सम्भावित सुरक्षा चुनौती, संवेदनशील क्षेत्रको अवस्था तथा जोखिम व्यवस्थापनका उपायबारे गहन समीक्षा गरिएको थियो। केही स्थानमा देखिएका छिटफुट घटनालाई स्थानीय प्रशासनको सक्रियताले तत्काल नियन्त्रणमा लिएको र त्यसले समग्र निर्वाचन प्रक्रियामा कुनै असर नपारेको जनाइएको छ।

सुरक्षा निकायले राजनीतिक दलहरूलाई शान्तिपूर्ण रूपमा प्रचार–प्रसार गर्न र मतदातालाई निर्भयपूर्वक मतदान गर्न अनुकूल वातावरण सुनिश्चित गरिएको स्पष्ट पारेका छन्। देशभर निर्वाचनको माहोल क्रमशः तातेको र उत्साह बढ्दै गएको पनि बैठकले निष्कर्ष निकालेको छ।

यसैबीच आयोगले मतदातालाई सहज रूपमा आफ्नो मतदान केन्द्रमा पुग्न र फर्कन सुविधा होस् भन्ने उद्देश्यले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगले उक्त व्यवस्थाले मतदाताको सहभागिता उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com