सबैलाई पठाउनु होला

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा ६५ दल प्रतिस्पर्धामा उत्रिए पनि अहिलेसम्म ४३ राजनीतिक दलले मात्र आफ्नो चुनावी घोषणापत्र निर्वाचन आयोग मा बुझाएका छन्।

आयोगको राजनीतिक शाखाका अनुसार घोषणापत्र सार्वजनिक गरी आयोगमा दर्ता गराएपछि मात्रै औपचारिक चुनावी प्रचारप्रसारमा जान दलहरूलाई निर्देशन दिइएको थियो। फागुन ४ गतेदेखि प्रचारप्रसारको समय तोकिए पनि अझै केही दलले अनिवार्य प्रक्रिया पूरा नगरेको देखिएको छ।

निर्वाचन आचारसंहिताअनुसार दल तथा उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाउनु पर्ने व्यवस्था छ। साथै, प्रत्येक वर्ष घोषणापत्र कार्यान्वयनको विवरणसमेत पेस गर्नुपर्ने उल्लेख गरिएको छ।

यसपटकको निर्वाचनमा ६१ चुनाव चिह्नमार्फत ६५ दल मैदानमा छन्। तर घोषणापत्र बुझाउने प्रक्रियामा भने सबै दल सक्रिय नदेखिँदा पारदर्शिता र प्रतिबद्धताको प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com