सबैलाई पठाउनु होला

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्को आन्तरिक पुनर्गठन तथा सरकारको कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर उक्त निर्णय गरिएको हो। पदमुक्त गर्ने निर्णय आजै भएको र त्यससम्बन्धी औपचारिक पत्र सम्बन्धित मन्त्रालयमा पठाइसकिएको जनाइएको छ।

सरकारी स्रोतका अनुसार पछिल्लो समय मन्त्रालयको कामकारबाही, नीति कार्यान्वयनको गति तथा समन्वयमा देखिएका कमजोरीहरूलाई समेत मूल्याङ्कन गरेर यस्तो निर्णय लिइएको बताइएको छ। यद्यपि यसबारे सरकारको तर्फबाट आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।

पदमुक्त भएका मन्त्री दीपककुमार साहको स्थानमा नयाँ मन्त्री नियुक्त गरिने वा मन्त्रालयको जिम्मेवारी तत्कालका लागि कसलाई दिइने भन्ने विषयमा भने प्रधानमन्त्री कार्यालयले कुनै औपचारिक जानकारी दिएको छैन।

यस घटनापछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। सत्ता समीकरण, मन्त्रिपरिषद् पुनर्गठन तथा आगामी राजनीतिक रणनीतिका सन्दर्भमा यो निर्णयलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

सरकारले भने यसलाई नियमित प्रशासनिक तथा कार्यसम्पादन सुधारको प्रक्रिया भन्दै थप विवरण चाँडै सार्वजनिक गर्ने संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com