काठमाडौं । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डे लाई पक्राउ गरेको छ। सरकारी बोलपत्र (टेंडर) प्रणालीमा अनधिकृत पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीतर्फ पार्ने आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
उनीलाई काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का एआईजी डा. मनोज केसी ले पुष्टि गरेका छन्।
पाण्डे कालिका कन्स्ट्रक्सन का सञ्चालक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता हुन्। यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०७५ सालमा सिक्टा सिँचाइ आयोजना सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
२०७९ सालमा उनी सहरी विकास मन्त्री बनेका थिए।

