काठमाडौं । राजधानीको थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती खाली गराउने कार्य आज बिहानदेखि तीव्र बनाइएको छ। नेपाल प्रहरीको उपस्थितिमा त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरूले आफ्ना सामान हटाउने क्रम जारी राखेका छन्।
नदीको प्राकृतिक बहावमा असर परेको तथा सहरी पूर्वाधार विकासमा अवरोध पुगेको भन्दै सरकारी निर्देशनअनुसार अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने अभियान सुरु गरिएको हो। सोहीअनुसार शनिबार बिहानैदेखि प्रहरी टोली उक्त क्षेत्रमा परिचालन गरिएको छ।


स्थानीयका अनुसार केही व्यक्तिहरूले हिजो नै आफ्नो सामान सुरक्षित स्थानतर्फ सारिसकेका छन् भने अन्यले आज पनि हटाउने काम गरिरहेका छन्। बस्ती खाली गराउने क्रममा स्थानीयमा त्रास र अन्योल देखिएको छ भने केहीले वैकल्पिक बसोबासको मागसमेत गरेका छन्।
यसैबीच, सम्बन्धित निकायहरूले प्रक्रिया अनुसार अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिने बताएका छन्।

