काठमाडौँ गुनासो चौतारी
पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाट नजिक माइक्रो बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा-प्रदेश ०१-००६ ख ७२२१ नम्बरको माइक्रो बस आइतबार आदमघाट नजिक सडकमा अनियन्त्रित भई पल्टिएको हो।
दुर्घटनामा घाइते भएका १२ जनामध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकी सामान्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धान अनुसार वर्षातका कारण सडक चिप्लो भई माइक्रो बस अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ।

