
सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा ) जनताको बाट २ तिहाइ मत प्राप्त गरी ५ बर्षको लागि सरकार बन्यो तर २ बर्षमै नेकपा आन्तरिक बिबादले २ चिरा हुँदै फुटमै पुग्यो । सम्मानानीय प्रधानमन्त्री केपी ओली ज्यू गुट र कम्रेड प्रचन्ड माधव नेपाल गुट मा पारीणत भयो । अनी बिभादै बिभादमा नेकपा र नेकपाको सरकार जनाताको मतलाई समाल्न मुल्यहिन सम्झदै सम्मनानीय प्रधानमन्त्री ज्यूले संसद नै भङ्ग गरी मध्यावदी चुनावको घोषणा समेत गरे पस्चात कम्रेड प्रचन्ड, माधव नेपाल समुहले केपी ओलिको असंबैधानिक र पतिगमन कदम भन्दै सडकबाट बिरोध गर्दै तत्काल संसद पुनर्स्थापना गरी संसद सुचारु गर्न दबाब गरिरहेको बेला नेपाल सरकार सम्माननिय प्रधानमन्त्री ज्यू आँफै सडकमा निस्केने कुरा कतिको जाहयज हो ? धेरैले भनेका छन प्रधानमन्त्री आँफै बोक्सी आँफै धामी साथ् साथै अनेक चिप्ला मसिना कुरा गरेर जनतालाई भ्रम छर्दै निरन्कुस सैलिमा अघी बडे । सम्ब्रिढ् नेपाल सुखी नेपालीको नारा बोकेको नेकपा दुखी जनता शुखी नेतामा सिमित छ । नेपाली जनताले के पाए नेताहरुले सबै सेवासुबिधा प्राप्त गरे । आखिर के का लागि सरकार के का लागि पार्टी, र के का लागि नेता ? देस र जनतालाई सधै समस्या हुनेहो भने ?

