काठमाडौं । कोरोना महामारीले विभिन्न क्षेत्रमा प्रभाव पारेसँगै नियमित उडान वायुसेवालाई पनि प्रत्यक्ष प्रभाव पारेको थियो लामो समयदेखि बन्द भएको हवाई उडान अब आगामी १७ बाट संचालनमा आउने भएको छ । आगामी १७ बाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् ।
सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो ।
कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् । सरकारले निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउने गरि निषेधाज्ञा खुकुलो बनाएको छ । यससगै वायुसेवा कम्पनीलाई उडान सूचारु गर्न समेत बाटो खुलेको हो । यति एयरलाइन्सका अनुसार कम्पनीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरि उडान थाल्ने छ ।

