सबैलाई पठाउनु होला

२१ फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थल राष्ट्रिय सभागृहमा भित्र बाहिर बिप्लप लाई हेर्नको लागि मान्छे खचाखच थियो ।

राष्ट्रिय सभागृहको हलमात्र होइन प्रांगणमा पनि सर्वसाधारण उपस्थित भएका थिए । लामो समय भूमिगत भएर सार्वजनिक भएका नेत्रविक्रम चन्द विप्लव पनि सहभागी भएकाले धेरैको चासो उनीप्रति थियो ।

त्यसैले राष्ट्रियसभा गृह प्रांगणमा पनि सभाहलमा भएको हस्ताक्षर समारोह हेर्ने व्यवस्था मिलाइएको थियो । त्यहाँ सर्वसाधारणको ठूलो समूहले समारोहको प्रत्यक्ष प्रशारण हेरेको थियो ।समारोहमा प्रवेश गर्ने क्रममा विप्लवले सर्वसाधारणलाई अभिवादन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com