कोइरालाको मुद्दा पुनरावलोकनको निस्सा पाएर पूर्ण इजलासमा परेको थियो । सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइराला विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । यसअघि दुई न्यायाधीशको संयुक्त इजलासले सजाय घटाउने सम्बन्धमा फैसला गरेका कारण उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । उक्त निवेदनले पुनरावलोकन निस्सा पाएसँगै उक्त निवेदनमाथिको सुनुवाई कम्तिमा ३ न्यायाधीश रहने पूर्ण इजलासबाट फैसला सदर वा संशोधन गर्नुपर्ने बताएका छन् ।
लामो समयपछि पेसीमा चढेको कोइरालाको मुद्दा बिहीबार न्यायाधीशहरु अनिलकुमार सिन्हा ,डा.आनन्दमोहन भट्टराई, र सुष्मालता माथेमाको पूर्ण इजलासमा परेको थियो । तर कोइरालाको मुद्दा हाल सर्वोच्च अदालतमा रहेका न्यायाधीशहरूले हेर्न मिल्दैन । जसमा पुरुषोत्तम भण्डारी, प्रकाशकुमार ढुंगाना, तेज बहादुर केसी, वमकुमार श्रेष्ठ, सुष्मालता माथेमा, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा, चोलेन्द्र शम्शेर जबरा,डा.आनन्दमोहन भट्टराई रहेका छन् ।

