सबैलाई पठाउनु होला
पलको बयानको   मुख्य आधार  भनेको  किटानी जाहेरी, पीडितको घटना विवरण कागज, शारीरिक जाँच रिपोर्ट, राति १२ बजे बियरको बोतलसहित पीडितको कोठामा प्रवेश गरेको इत्यदी हुन ।
घटनामा मतियार बनेको अभियोग खेपेका शाहका म्यानेजर कृष्ण जोशी १ लाख धरौटीमा रिहा भएका छन ।  प्रेगनेन्ट  भएको भए स्वीकार्ने भन्ने अडियो पनि मुख्य आरोप बलियो बनाउने आधार

 नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका कलाकार पल (पूर्णविक्रम) शाह पुर्पक्षका लागि बिहीबार कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका हुन् । शाहविरुद्ध मंगलबार सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटेका छन् । उनी बिहीबारै धरौटी रकम बुझाई तारिख लिएर गएका हुन ।

शाहविरुद्ध किटानी जाहेरी, पीडितको घटना विवरण कागज, शारीरिक जाँच रिपोर्ट, राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको भनी प्रतिवादीको बयानका आधारमा जबर्जस्ती करणी देखिन आएको अदालतको आदेशमा उल्लेख छ । शाहले जबर्जस्ती करणी गरेको भनी पीडित किशोरीले गुनासो गरेपछि घटनाबारे थाहा पाउने  कमल खत्री, सरोज ओली भन्ने पुण्यप्रसाद ओली, योगेश शाहस कुमारी (परिवर्तित नाम) दुर्गेश थापा  र दुर्गा अधिकारीबीच न्यायिक कारबाहीमा जाने विषयमा छलफल भएको घटना विवरण कागजलाई पनि आधार मानिएको छ । ‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा शाहले ललाइफकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ को खण्ड ‘ख’ बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी कारागार पठाइदिनू,’ भन्ने अदालतको आदेशमा  रहेको  छ ।

शाहले जबर्जस्ती करणीलाई इन्कार गरे पनि बयानमा १२ बजेतिर म्यासेज गरी बियर लिएर किशोरीको कोठामा प्रवेश गरेको तथ्यलाई स्विकारेको अदालतले जनाएको छ । तर, एक्लै सुतेकी किशोरीको कोठामा प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन नसकेको आदेशमा भनिएको छ । पीडितको कोठामा प्रवेश गरेका शाहको स्विकारोक्ति र सोही रात किशोरीलाई जबर्जस्ती करणी गरेको तथ्यसँग मिल्नभिड्न आएको देखिएको आदेशमा छ । छलफलको क्रममा ‘गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ’ भनेको अडियो रेकर्डको विश्लेषण गर्दा करणी गरेको तथ्य पुष्टि हुने देखिएको अदालतले जनाएको हो  ।

शाहको पक्षबाट १२ कानुन व्यवसायी र पीडितको पक्षबाट ७ जनाले बहस गरेका थिए । अभियोगपत्र दर्ता भएलगत्तै मंगलबारै अदालतले शाहको बयान लिएको थियो । शाहविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा पनि सोही प्रकृतिको मुद्दा दर्ता भएको छ । शाहविरुद्ध १६ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको अभियोगपत्र दर्ता भएको छ  । बुधबारदेखि सुरु थुनछेकको बहस बिहीबार सकिएलगत्तै शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।

जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए ।

किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि सोही प्रकृतिको जाहेरी दिइन् ।  जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । शाहविरुद्ध १० देखि १४ वर्षसम्म कैद तथा मनासिव क्षतिपूर्तिको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com