सबैलाई पठाउनु होला

सुनसरीको इटहरी नगरपालिका–९ का खिनबहादुर ढुंगानाको पाथीभरा दर्शनका क्रममा  मृत्यु भएको छ । ६० वर्षीय ढुंगाना मन्दिर परिक्रमा गर्ने क्रममा ढलेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार रहेको छ ।

प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुंगानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । अस्पतालका चिकित्सिकले उनलाई मृत घोषणा गरेको र उनको शव , शव गृहमा राखिएको अधिकारीले बताएको छ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा लेक लागेको हुनसक्ने चिकित्सको अनुमान  रहेको छ ।आइतबार माथिल्लो फेदीमा बसेर सोमबार बिहान उनी मन्दिर दर्शनका लागि गएका थिए । उनी  ढुंगाना परिवारसहित पाथीभरा दर्शनमा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com