मकवानपुर – हेटौँडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेको ठेगाना र नाम भने खुल्न सकेको छैन।
बागमती प्रदेश ०३-००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
ठक्कर दिने बस र त्यसका चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

