सबैलाई पठाउनु होला

अमेरिकी राष्ट्रपति जो बाइडेनका आर्थिक सल्लाहकारले भारतलाई युक्रेनमाथि आक्रमण गर्ने रुससँग नजिकको साझेदारी सम्बन्ध नराख्न अमेरिकाले चेतावनी दिएको बताएका छन्।

‘रुससँग थप स्पष्ट रणनीतिक पङ्तिबद्धतामा सर्दा यसको मूल्य र परिणाम महत्वपूर्ण र दीर्घकालीन रहने कुरा हामीले भारतीय सरकारलाई सन्देश दिएका छौँ’, ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदका निर्देशक ब्रायन डिसले भने, ‘भारत र चीन दुवै पक्षबाट हामीले केही क्षेत्रमा निराशा प्राप्त गरेका छौँ।’

युक्रेनमाथि आक्रमण गरेपछि रसियालाई केही प्रतिबन्ध लगाउने अमेरिकालगायतका देशहरुको कदममा भारतले हात मिलाएको छैन।

एसिया महादेशमा चीन जस्तो शक्तिशाली देशलाई टक्कर दिने देश भनी मानिएको भारतले रसियाबाट नै सबैजसो सुरक्षा सामग्री आयात गर्ने गरेको छ। यो खबर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार दालिप सिंहको भारतीय भ्रमणपछि बाहिर आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com