काठमाडौं – पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा रहेका छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिएका छन् । उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ ।
यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ । निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताएका छन् ।
‘कसैलाई चित्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटाएका हौं । त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखिएन,’ थापाले भने ।
अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेका दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य फिल्ममा समावेश थियो । निर्माता थापाका अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो ।

