सबैलाई पठाउनु होला

सन्धिखर्क –  अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सञ्चालित अध्यक्ष कप रनिंगशिल्ड भलिबल प्रतियोगीता तथा वडास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

छत्रदेव रंगशाला रातापोखरामा भएको वडास्तरीय क्रिकेट प्रतियोगिताको आजको फाइनल खेलमा वडा नम्बर ४ केरुंगालाई हराउँदै वडा नम्बर ६ ठुलापोखरा विजयी भएको  छ  ।

भलिबल प्रतियोगीतामा वडा नम्बर ४ लाई हराउँदै वडा नम्बर ८ अर्घातोष विजयी भएको हो । विजयी टिमहरुलाई लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पुरस्कार वितरण गरेका छन् ।

भलिबल तथा क्रिकेट प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ५० हजार, ३० हजार र २० हजर रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।  खेलको समापन समारोहमा बोल्दै मन्त्री रानाले खेलकुदले देशलाई विश्वमा चिनाउने भएकाले खेलकुदको विकासमा तीनै तहका सरकारहरु लाग्नुपर्ने बताएका छन्  ।

कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, कपिलवस्तु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, प्रमुख प्रशासकीय अधिकृत भेसराज पन्थ,  छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ लगायतले मन्तव्य राखे  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com