सबैलाई पठाउनु होला

पोखरा  –   गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरे ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अध्यक्षसहित चार जना पदाधिकारीलाई संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठनादेश २०७७ बमोजिम अध्यक्षबाट हटाउने निर्णय गरिएको जानकारी दिएका छन् । उनले भने ,  ‘अध्यक्षलाई क्याबिनेटले हटाउने निर्णय गरेको हो ।

बाँकीलाई सम्बन्धित मन्त्रालय -स्वास्थ्य मन्त्रालय)ले पदबाट बर्खास्त गरिसकेको छ’ । सरुवा रोग  तथा संक्रामक अस्पताललाई एक महिनाअघि प्रदेश स्थापना दिवस फागुन ४ गते  मात्रै प्रदेश सरकारले प्रदेशभरिकै उत्कृष्ट अस्पताल घोषणा गरे ।

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले नियुक्त गरेका व्यवस्थापन समिति प्राडा कृष्णप्रसाद पौडेलसहित पदाधिकारी धुव्र अधिकारी , मेजर रामप्रसाद गुरुङ  र सूर्यकुमारी बञ्जारालाई सेवासम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधेको थियो ।

प्रवक्ता खड्काले भने , ‘हामीले सफाइ दिने मौका दिएका थियौं । तर, चित्तबुझ्दो जवाफ नभएका कारणले गर्दा निजलाई पदबाट हटाउने निर्णय गरेको छ’ । पोखरा ३०, मोहरियास्थित तत्कालीन लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले कोरोना कालमा आफ्नो मातहतमा ल्याएर  संक्रामक रोग तथा सरुवा  अस्पताल बनाए  ।

अस्पताल सञ्चालन समिति गठन गर्न प्रदेश सरकारले ०७७ असोजमा ‘संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठन आदेश २०७७’ ल्याएको थियो । उक्त आदेश बमोजिम वैशाख १६ गते समिति गठन गरेको थियो । तर, गठन आदेश जारी भएको ७ महिनापछि मात्रै महिनापछिमात्रै व्यवस्थापन समिति गठन गरेको थियो ।

गठनादेशमा प्रदेश सरकारबाट मनोनीत अध्यक्ष र अस्पतालका कार्यकारी निर्देशक सदस्य सचिव हुने व्यवस्था छ । महानगरपालिकाका एक जना प्रतिनिधि, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवाको अधिकृत नवौं तहका एक कर्मचारी, मन्त्रालयले मनोनीत गरेका दुई जना समाजसेवी -एक जना महिला अनिवार्य र स्वास्थ्यसम्बन्धी एक जना विज्ञ सदस्य रहने व्यवस्था  रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com