काठमाडौं – नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई सिफारिस गरेको छ । व्यञ्जनकार एमालेका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्लाको सहइञ्चार्ज हुन् । उनलाई मेयरको उम्मेदवार बनाउन ललितपुर जिल्ला कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेको हो । उम्मेदवार छनोटको अन्तिम निर्णय पार्टी केन्द्रीय कमिटीले गर्ने छ । व्यञ्जनकार २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेबाट मेयरको उम्मेदवार बनेका थिए । तर कांग्रेसका चिरीबाबु महर्जनसँग ३२६ मत अन्तरले पराजित भएको थियो ।

