सबैलाई पठाउनु होला

काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट- १ राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर (मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी तनहुँ जिल्ला साबिक बसन्तपुर गा.वि.स.वडा नं. ६ हाल परिवर्तित भानु न.पा.वडा ७ बस्ने २७ वर्षीया सोबिता नेपाली पक्राउ परेकी  छिन ।

नेपालीको साथमा रहेको ब्याग विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङमा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनिपर्सभित्र गोली फेला परेको हो । उनलाई थप अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com