नयाँ दिल्ली – भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा आइतबार साँझ ५ बजे केबलकार दुर्घटना भएको थियो। दुर्घटनामा परेका ४८ जनामध्ये हालसम्म ४२ जनाको उद्धार गरिएको छ। त्यहाँ हालसम्म २ जनाको मृत्यु भएको छ। हाल उद्धार कार्य जारी नै रहेको छ।
बाँकी फसेका मानिसलाई खाना र पानी ड्रोनमार्फत पुर्याइएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ। भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा रामनवमीमा पूजा गर्न र घुम्न सयौं मानिस गएका थिए। यसै क्रममा रोपवेबाट तल आइरहेको र माथि गइरहेको केवलकारको डब्बा ठोकिएको थियो।
सो समय २ दर्जन जति केवलकारका डब्बा रोपवेमा थिए। घटनामा कयौं मानिसलाई सुरक्षित निकालियो। घटनामा फसेका मानिसहरुको भारतीय इयरफोर्स, एनडीआरएफ आइटीबीपी , सेना र स्थानीय प्रशासनको टोलीले उद्धार जारी राखेका थिए ।
रोपवेमा फसेका मानिसहरुको उद्धार गर्ने सोमबार दिनभर भएको थियो । माथि फसेका मानिसहरूलाई ड्रोनमार्फत खाना र पानी पठाइएको थियो। ट्रलीमा साना बच्चा, पुरुष र केही महिला फसेका छन्। साथै सो ठाउँमा गाइड र फोटोग्राफरहरु पनि फसेका छन्।
दुर्घटनामा फसेका यात्रुको मंगलबार उद्धार हुँदै
मंगलबार बिहान ६ बजेदेखि स्थानीय बासिन्दासहित भारतीय वायुसेना, आईटीबीपी र सेनाका जवान र एनडीआरएफको टोलीले उद्धार प्रयास गरिरहेका छन् । बिहानैदेखि १० जनाको सकुशल उद्धार गरिएको छ भने करिब ६ जना अझै फसेका छन् ।
करिब ३८ घण्टाको पर्खाइपछि उनीहरुलाई रोपवेबाट सकुशल तल ल्याइएको हो । उद्धारपछि सबैलाई सदर अस्पताल लगिएको छ । वायुसेनाको टोलीले केबिनबाट अचेत अवस्थामा रहेका दुई जनाको उद्धार गरेको बताएको छ ।
सोमबार साँझसम्म चलेको उद्दार अभियानमा ३२ जना पर्यटकको सकुशल उद्दार गरिएको थियो। सोही क्रममा दुम्काको शिकारीपाडा ब्लकका रमेशकुमार मण्डल सेफ्टी बेल्ट खुलेर करिब डेढ हजार मिटर तल खसेका थिए ।
साँझ ५ बजेर ५० मिनेटमा उद्दार गरिरहँदा सिपाहीको हातबाट उनको हात छुटेर उनी गहिरो खाडलमा खसेका थिए । उक्त दुर्घटना भएपछि अन्धकारका कारण हिजो उद्धार रोकिएको थियो । १५ जनाले दोस्रो रात पनि त्राशमा बिताए।
अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । २१ यात्रु घाइते भएका छन् । एक महिलाको आइतबार नै मृत्यु भएको हो । सोमबार वायुसेनाको उद्धारका क्रममा उचाइबाट खसेर राकेशकुमार मण्डलको मृत्यु भएको थियो ।

