सबैलाई पठाउनु होला

काठमाडौं   –  नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित  भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका  छन् ।

पार्टीको यस्तो व्यवस्थाले हेर्दा सामान्य लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि  निकै महत्वपूर्ण  हुनेछ बताउँछिन् माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसी ।

‘एक पालिकाबाट न्यूनतम एक महिला वडाध्यक्ष र एक जिल्लाबाट न्यूनतम १ महिला पालिका प्रमुख वा अध्यक्ष अनिवार्य गराउँदा देशभरीबाट माओवादी पार्टीबाट मात्रै न्यूनतम ७७ पालिका प्रमुख वा अध्यक्ष र न्यूनतम ७५३ वडा अध्यक्ष हुनेछन्’ उनको भनाइ छ, ‘हेर्दा सामान्य जस्तो लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि यो निकै महत्वपूर्ण हुनेछ ।’

सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गतेभित्र गरिसक्नु पर्ने निर्देशनसमेत सर्कुलरमा छ । माओवादीले उम्मेदवार सिफारिसको विधि र प्रक्रियासमेत तय गरेको छ। महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम माओवादीको प्रदेश समितिहरूले सर्वसम्मत भए एक/एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ।

केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गर्ने छ । त्यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने  भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com