काठमाडौं – बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारस्थित बाहुली खोलामा डुबेर बित्थडचिर गाउँपालिका-४ बस्ने १८ वर्षीय कमल बोहराको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ ।
पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । यस्तै सुर्खेतको बराहताल गाउँपालिका-२ सिस्नेरी बस्ने ३५ वर्षीय पहलसिंह शारु आफ्नो घर नजिक रहेको भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

