सबैलाई पठाउनु होला

काठमाडौं  –  जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई हिजो मध्याह्न ठक्कर दिएको थियो ।

काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार दुर्घटनामा दुई जना घाइते भएका छन् ।  एक जनाको मृत्यु भएको छ ।

बसको ठक्करबाट स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो । उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको बौद्ध प्रहरीले  जानकारी दिएको  छ ।

बस चालक र बसलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ । भने  बसको ठक्करबाट स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जना घाइते भएका छन् । उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com