पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेर रूखमा बाँधिएको अवस्थामा शव फेलापरेको थियो। स्थानीय अमरावती सामुदायिक वनको जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो। प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए।
अर्जुन दास गाउँमै मजदुरी गर्थे । घटना पछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो दासकी पत्नी धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा एक युवकले पठाएका थिए । काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले बोर्डरबाट बिहीबार(हिजो) पक्राउ गरेको थियो । हत्यामा १० जना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

