चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा देशैभर आफ्नो सामर्थ्यले लड्ने बताए । चितवनमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अन्य पार्टीसँग औपचारिक रुपमा गठवन्धनबारे कुरा नचलाएको बताएका छन् ।
उनले भने, अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसँग पनि चलाएको छैन । यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताएका छन् ।
उनि भन्छन्, केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।’

