काठमाडौं – प्री ओपन सेसनमा नेप्से परिसूचक ७.१० अंकले बढेको छ। सूचक २४२२.३४ विन्दुमा पुगेको छ। सो समयमा ४ लाख १९ हजार १४५ रुपैयाँको सेयर कारोबार भयो।
२० कम्पनीको १ हजार १४८ कित्ता सेयर कारोबार भयो। यो सेसनमा कुल २२ वटा कारोबार भएको छ ।
कारोबारमा आएका ८ समूहमध्ये ५ समूहको मूल्य बढ्यो भने १ समूहको घटेको छ। बाँकी २ समूहको स्थिर रहेको छ । सो समयमा २० कम्पनीको मूल्य बढयो भने एकको घटेको छ ।

