सबैलाई पठाउनु होला

काठमाडौं  – बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।  झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । सुहाना थापा  र  अनमोल केसी स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्‍यो ।

चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान  रहेको छ । ‘कमाइलाई लिएर उत्साहित छौं’ वितरक गोविन्द शाहीले  भने, ‘मोफसलमा दर्शकको मागको आधारमा अझै सोजहरू आजदेखि थपिने तयारीमा रहेका छन् ।’

३ करोड लगानी बताइएको यो लभस्टोरी फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ले तीन दिनमा झन्डै ६ करोड ग्रस कलेक्सन गरेको छ । नेपाली फिल्म बजारमा सोज संख्या, सोज समय र फुटफलमा उछाल ल्याएको यश स्टारर कन्नड फिल्मले आगामी एक सातासम्म दबदबा कायमै राख्ने अनुमान  लगाइएको छ ।

ह्यारी पोर्टर फिल्म ‘फ्यान्टास्टिक बिट्स : द सेक्रेट्स अफ डम्बलडोर’ नेपाली र भारतीय फिल्मको दबाबबीच प्रदर्शन भईरहेको छ । न्यून सोजको बाबजुद पनि फिल्मले पछिल्ला तीन दिनमा ८० प्रतिशत बराबरको अकुपेन्सी हासिल गरेको एप्पल इन्टरटेनमेन्टले जनाए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com