सबैलाई पठाउनु होला

काठमाडौं –   बोर्डले आइतबार सार्वजनिक सूचना जारी गर्दै जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परीक्षा सञ्चालन गर्ने/गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको  छ  । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा जेठको तेस्रो साताबाट गर्न निर्देशन दिएको  हो  ।

शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भइ कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको बोर्डले जनाएको छ । ‘राष्ट्रिय परीक्षा बोर्डमा २०७८ सालमा रजिष्ट्रेसन भई देशका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको अनलाइन रजिष्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको तथा उक्त कार्य सम्पन्न भएपछि कक्षा ११ को परीक्षा मूल्याङकन, नतिजा प्रकाशन, सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन/शाखा कार्यालयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराइने व्यहोरा सम्पूर्ण विद्यालयलाई जानकारी  गरिएको छ  ।’

शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा २०७९ जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजध्ने गरी २०७९ सालको जेठ महिनाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने गराउने व्यवस्था गर्न सबै विद्यालयलाई जानकारी  दिएको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com