सबैलाई पठाउनु होला

काठमाडौं  –  राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको छ । मंगलबारबाट ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने र यसको काम सुरु गरिएको विभागका विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् । राष्ट्रिय जनगणना जस्तै कृषि गणना समेत हरेक १०/१० वर्षमा हुने गर्छ । राष्ट्रिय जनगणना पुरा भएकै वर्ष कृषि गणना गरिने प्रचलन रहेको छ । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०÷१० वर्षमा यस्तो गणना हुँदै आएको छ । कृषि गणनामा करीव १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com