दुर्घटनामा गम्भीर घाइते मिनबहादुरको उपचारकै क्रममा पाँचौ दिनमा ज्यान गएको छ । ३५ वर्षीय उनको मनिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार साँझ मृत्यु भएको हो । ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा पाइजा दम्पती सवार थिए ।
गाडीको ठक्करबाट घाइते पाइजा दम्पतीलाई पोखराको मनिपाल अस्पताल लगिएको थियो । दुर्घटनापछि ५ दिनसम्म होस नआएका मिनबहादुरको सोमबार मृत्यु भएको हो । प्रत्यक्षदर्शीले गाडी तीव्र गतिमा हुईंकिएको जनाएका छन् ।
एक प्रत्यक्षदर्शीले भने – गाडी निकै स्पीड थियो । यो गाडीले कति बेला कुन चाहिँलाई हा न्ने हो भन्ने लागिरहेको थियो हामीलाई । प्रवक्ता तिवारीले गाडीमा मन्त्री भए नभएकोबारे स्पष्ट थाहा नभएको बताए ।
घटनास्थलमा खटिएका प्रहरीबाट प्राप्त जानकारी अनुसार झण्डा छोपिएको अवस्थामा रहेको थियो । अर्थमन्त्रीका प्रेस संयोजक दिननाथ बरालले मन्त्री त्यतिबेला गाडीमा नभएको बताएको बताएको छ ।

