सबैलाई पठाउनु होला

काठमाडौं  – कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेकमा  सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।

गत राति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ ।

घाइतेलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको थियो ।

प्रहरीले भने उक्त घटनाको विषयमा कुनै तथ्य सार्वजनिक गरेको छैन। राजवंशी आफैंले गोली चलाएको दाबी गरिएको स्रोतले जनाएको छ।

छातीमा लागेको गोली पिठ्युँ छेडेर बाहिर निस्किएको श्रोतले  जानकारी दिएको छ  ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com