सबैलाई पठाउनु होला

काठमाडौ – शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ, भने परिक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

विगत दुई वर्ष कोरोना महामारीका कारण  आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न  लागिरहेको  हो।

यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले  जानकारी दिएको छ ।

त्यसैगरी प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा सञ्चालनका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ।

राष्ट्रिय परिक्षा बोर्डले जनाए अनुसार देशैभरी मध्य सबैभन्दा कम परिक्षार्थि भएको मनाङमा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुने भएका  छन्  ।

सबैभन्दा बढी काठमाडौमा ३६ हजार विद्यार्थीले परीक्षा दिनेछन् भने त्यसको लागी १ हजार ३ सय विद्यालय रहेकोमा १ सय २४ केन्द्र कायम गरिएको छ । बोर्डका अनुसार कर्णाली प्रदेशको सुर्खेत,   मधेश प्रदेशको धनुषा, वागमतीको काठमाडौं, गण्डकीको कास्की, सुदूरपश्चिमको कञ्चनपुर, प्रदेश १ को मोरङ र लुम्बिनीको दाङमा सबैभन्दा बढी केन्द्र र परीक्षार्थीले सहभागिता जनाउने भएका छन् ।

यस बर्ष एसईई परीक्षामा जापानमा सञ्चालित एभरेस्ट स्कुलबाट १९ जना विद्यार्थीले समेत परीक्षा दिँदैछन् । त्यसै गरी यो वर्षको एसईई परीक्षामा नेपालमा अध्ययनरत् ५ जना विदेशी विद्यार्थी पनि सहभागी  भएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com