सबैलाई पठाउनु होला

किभ –  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोल सहरका अन्तिम रक्षकहरू मारिएमा रूससँगको शान्ति वार्ता रद्ध गर्ने चेतावनी दिएका   छन्   । रणनीतिक रूपमा महत्वपूर्ण उक्त सहरलाई रुसले ध्वस्त पारेको छ । सहर कब्जा गरेपछि त्यहाँ रहेका युक्रेनी सुरक्षाकर्मीलाई रुसी सेनाले घेराबन्दी गरेका विवरण सार्वजनिक भएका  हुन ।

यसअघि सार्वजनिक भएको एउटा भिडियोमा  बालबालिका र महिलाहरू स्टिल कारखाना मुनिको बंकरमा आश्रय लिइरहेका र अन्तिम रक्षकहरू कारखाना बाहिर रहेका  देखिएका छन् ।

तीव्र गोलाबारीका कारण त्यहाँ सर्वसाधारणको उद्धार प्रभावित भएको अधिकारीहरूले बताए  । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी बन्दरगाह सहर मारिओपोललाई युक्रेनबाट मुक्त गरिएको बताउँदै आफ्ना सेनाको प्रशंसा गरेका  हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com