सबैलाई पठाउनु होला

पोखरा  –  नेकपा एमालेबाट पोखरा महानगरपालिकाको उपमेयर तय भएकी मञ्जुदेवी गुरुङले उम्मेदवारी अस्वीकार गरकी छन् । अहिले पनि उनी महानगरपालिकाको उपमेयर हुन् ।

उनका प्रेस संयोजक एकराज गिरीले गुरुङलाई चुनावमा उठ्ने चाहना नभएको बताएका हुन  ।

‘पार्टीले सोधेको छैन, केही भनेको पनि छैन,’ गिरीले भने, ‘आधिकारिक जानकारी आएपछि उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ ।’ गुरुङले अहिले मोबाइल अफ गरेकी छन् ।

नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले मेयरमा १२ जना र उपमेयरमा ११ जनाको नाम सिफारिस गरेको थियो । तर, त्यसमा गुरुङको नाम कतै थिएन । ‘उहाँको चुनाव उठ्नै चाहनै छैन, हामीले सोधेरै उहाँको नाम सिफारिस नगरेका हौं,’ महानगरपालिका कमिटी अध्यक्ष दिलीप न्यौपानेले भनेका हुन  ।

एमाले केन्द्रीय सचिवालयले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उठाउने निर्णय गरेको छ । पौडेल शिक्षण पृष्ठभूमि भएका व्यक्ति हुन् ।

गुरुङ पार्टीको केन्द्रीय कमिटी सदस्य हुन् भने पौडेल प्रदेश सचिवालय सदस्य छन् । गुरुङ गएको निर्वाचनमा नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई पराजित गरी उपमेयर निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com