सबैलाई पठाउनु होला

काठमाडौं –  काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेद्वार बनेकी सुनिता डंगोलले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताएकी छन् । मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

एमालेको निर्णयपछि डंगोलले राजनीतिमा आफ्नो पहिलो खुड्किलो भएको बताएकी छन् । बक्तव्य जारी गर्दै उनले उपमेयर पदमा आफ्नो उम्मेद्वारीले युवा, महिला र सामाजिक–सांस्कृतिक अभियान्ता लगायत काठमाडौंबासीको भावना सम्बोधन भएको उल्लेख गरेकी छन् ।

एमालेले आफूलाई दिएको टिकट युवाहरुलाई उपहार प्रदान गरेको अवसरका रुपमाा लिएको उनले  उल्लेख गरेकी छन् ।

डंगोलले लेखेकी छन् , ‘सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उपमेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन, युवा, महिला, सामाजिक–सांस्कृतिक अभियान्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुनेगरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठाँनेकी छु’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com