सबैलाई पठाउनु होला

दैलेख  –   नेकपा एमालेले दैलेखका ११ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। एमालेले जिल्लाका ११ वटा स्थानीय तहको मेयर,उपमेयर तथा अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो ।

एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष बिनोदकुमार शाहका अनुसार दैलेखको नारायण नगरपालिका मेयरमा लोमन शर्मा र उपमेयरमा तप्ताकुमारी थापालाई उम्मेदवार बनाएको छ ।

यस्तै, दुल्लु नगरपालिका मेयरमा रुद्रबहादुर शाही र उपमेयरमा बिना कार्कीलाई उम्मेदवार बनाएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकाको मेयरमा सूर्यबहादुर शाही उपमेयरमा नन्दा विष्ट, ठाँटिकाँध गाउँपालिकाको अध्यक्षमा लक्ष्मीदेवी शाह र उपाध्यक्षमा देवीराम बडुवाललाई चयन गरिएको  हो ।

एमालेले महाबु गाउँपालिकाको अध्यक्षमा हरिप्रसाद उपाध्याय र उपाध्यक्षमा दूर्गाकुमारी सिंह, नौमुले गाउँपालिकाको अध्यक्षमा शशिराम विक, उपाध्यक्षमा गीता चन्दलाई उम्मेदवार बनाएको छ ।

यस्तै जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षमा सुन्दर केसी र उपाध्यक्षमा कलावती न्यौपानेलाई चयन  गारेका छन्  ।

त्यसैगरी,   भगवतीमाई गाउँपालिका अध्यक्षमा शान्तिप्रसाद शर्मा र उपाध्यक्षमा बशन्ता शाही , एमालेले गुराँस गाउँपालिकाको अध्यक्षमा टोपबहादुर बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्कालाई उम्मेदवार  बनाएको छ ।

अध्यक्ष शाहका अनुसार जिल्लाको आठबीस नगरपालिकाको मेयरमा तर्कबहादुर बडुवाल र उपमेयरमा कल्पना थापालाई उम्मेदवार चयन गरिएको छ ।  भैरबी गाउँपालिकाको अध्यक्षमा सर्वराज महतरा र उपाध्यक्षमा पदमकुमारी विस्ट केसीलाई उम्मेदवार बनाइएको अध्यक्ष शाहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com