काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता केशव स्थापितले आफू प्रमाणित मान्छे भएको बताएका छन् ।
आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने उनको दाबी रहेको छ ।
राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भने, ‘म प्रमाणित मान्छे हुँ ।’
काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले भने, ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’
गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी रहेको छ । उनले भने, ‘गठबन्धनको डबल, लेखेर राख्नुस्’ ।

