सबैलाई पठाउनु होला

ढल्केवर –   धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन युवकको मृत्यु भएको छ। मंगलबार बिहान साढे २ बजेको समयमा क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा दुर्घटना भएको  छ । भित्री सडक छेउमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवाल रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

अन्य दुई युवकको सनाखत हुन नसकेको उनले बताएको छ । उनीहरुको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखेर पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले  जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com