सबैलाई पठाउनु होला

वीरगन्ज –   मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नी पत्निलाई पर्साको जगरनाथपुर गाउँपालिकाको मुख्यमन्त्री लालबाबु राउतले आफ्नी पत्निलाई पर्साको बनाएका छन् ।

मुख्यमन्त्री राउतकी श्रीमति जलेखा खातुनले सोमबार गाउँपालिका उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् ।  उनले जनता समाजवादी पार्टी (जसपा) बाट पालिका उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

मधेस आन्दोलका सहिद परिवारलाई टिकट नदिएको जसपाले मुख्यमन्त्रीकै जोडबलमा खातुनलाई पालिका उपाध्यक्षमा उम्मेदवार बनाए ।

मधेस आन्दोलनका सहिद सोहन साह कलवारकी पत्नी विनिता साह कलवालाई जसपाले टिकट नदिएपछि सोमबार उनले विवेकशील साझा पार्टीबाट वीरगन्ज १६ को  वडा अध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

जबकी सहिद पत्नि विनिता , २०७४ को निर्वाचनमा महिला सदस्यमा जसपाबाटै निर्वाचित भएकी  हुन ।  राजनीति र पार्टीमा खासै सकृय नहरेकी खातुनलाई मुख्यमन्त्री राउतले पार्टीमा आफ्नो जोडबल गरेर उपाध्यक्षको उम्मेदवार बनाएका हुन् ।

यसअघि मुख्यमन्त्री राउतले पत्नि खातुनलाई चुनाव लडाउने तयारी गरेपछि जसपा नेतृ एंव निर्वतमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले डेढ हप्ता पहिले जसपा त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।

जगरनाथपुरको गाउँपालिका उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष बस्मिल्लाह खातुनका पति महम्मद सरिफ गद्धीले पनि माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा कांग्रेसबाट बबिता सिंह , नेकपा एमालेबाट मीरा देवी कुर्मी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अनिता देवीले पनि उम्मेदवारी दिएका छन् ।

जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा भने वर्तमान अध्यक्ष जालीम मियाका आफ्नै सहोदर भाइ महम्मद सलीम मन्सुरसहित १४ जनाले उम्मेदवारी दिएका छन् ।  मन्सुरले एमालेबाट मनोनयन दर्ता गराएका हुन् ।

पालिका अध्यक्षममै कांग्रेसबाट श्रीकान्त यादव , माओवादी केन्द्रबाट मालती उपाध्याय ,  लोसपाबाट महम्मद अफताब मियाँ , जसपाबाट कृष्ण मोहन यादव , जनमत पार्टीबाट चन्दन चौहानको पनि उम्मेदवारी परेको छ ।

पालिका अध्यक्षमै स्वतन्त्रबाट सेवालाल महत्तो कोइरी ,  चन्द्रशेखर प्रसाद यादव ,  गोपिचन राउत कुर्मी , मुस्तुफा आलम , इब्राहिम अन्सारी , महम्मद कलीम मन्सुरी , अयुब अली अहमद र महम्मद नूर हसन मियाले मनोनयन दर्ता गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com