सबैलाई पठाउनु होला

काठमाडौं –  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर मेयरको टिकट दाबी गरेका विष्णुप्रसाद भुसालले उम्मेद्वारी दिनेबेलामा टिकट भने पाएन ।

भुसालले नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका थिए । कांग्रेसका नेता डा. शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकटको लागि ‘ग्रीन सिग्नल’ दिएपछि उनले सामान्य प्रशासन मन्त्रालयमा राजीनामा बुझाएका थिए ।

तर कांग्रेसले अन्तिममा उनलाई टिकट नदिई विष्णु बस्ताकोटीलाई उम्मेदवार  बनाएका थिए  । कांग्रेसले टिकट नदिएपछि उम्मेद्वार नै नबनेका उनले   कुराकानीमा राजनीति सम्भावनाको खेल मात्रै बुझेको बताएका छन्  ।

भुसालले भने ‘राजनीति भनेको निश्चित हुँदैन रहेछ, सम्भावनाको मात्रै खेल हुने रहेछ । एउटा प्रतिस्पर्धा थियो, अरुले नै बाजी मार्नुभयो । यो विषयमा म अहिले थप केहि भन्दिन ।’

मेयरमा शशांकको ‘ग्रीन सिग्नल’, उपसचिवबाट राजीनामा

उनले टिकट दिने नदिने विषय पार्टीको भएको भन्दै एउटा नेताले मात्रै नदिएको, दिएको भनेर टिप्पणी नगर्ने बताएको छ  । ‘म निरन्तर राजनीति मै हुन्छु होला, कांग्रेसबाट नै राजनीतिमा सक्रिय हुन्छु कि । आजलाई यति मात्रै बोल्छु,’ भुसालले भने । २५ वर्षे निजामति सेवा पूरा गरेका उनले सामान्य प्रशासन मन्त्रालयमा बुझाएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com