सबैलाई पठाउनु होला

इस्लामबाद –  पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको बम हमलामा तीन चिनियाँ शिक्षक र उनीहरूका पाकिस्तानी चालक मारिएका छन् । विश्वविद्यालय नजिक भएको सो आत्मघाती हमलामा अन्य चार जना घाइते भएका छन् ।

विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिक भएको सो हमलामा कम्तीमा चार जना घाइते भएका छन् । चिनियाँ कर्मचारी बोकेको कारमा हमला गरिएको विखन्डनकारी बालोचन लिबरेसन आर्मी ९बीएलए० ले जनाएका हुन ।

महिला आत्मघाती आक्रमणकारीले सो हमला गरेको सो समूहले जनाएको छ । समूहले पाकिस्तानमा चिनियाँ लगानीको विरोध गर्दै आएको छ । चिनियाँ लगानीबाट स्थानीय लाभान्नित हुन नसकेको सो समूहले जनाए  ।

समूहका तर्फबाट महिला आत्मघातीले गरेको यो पहिलो हमला हो । पाकिस्तानी तालिबानले जस्तै समूहले बारम्बार चिनियाँ नागरिकहरूलाई निशाना बनाउँदै आइरहेको छ ।

चीनले पाकिस्तानमा ठूला पूर्वाधार परियोजनाहरूमा लगानी गरेको छ । त्यसमध्मे बलुचिस्तान प्रान्त पनि समावेश  भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com