सबैलाई पठाउनु होला

मोरङ –  मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको  हो  ।

मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् ।

बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले  जानकारी दिएको छ  ।

राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिँउसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com