सबैलाई पठाउनु होला

सिन्धुपाल्चोक –  स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकबाट दुई हजार दुई सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्षरप्रमुखका लागि एक सय प्रतिस्पर्धामा होमिएका छन् भने उपप्रमुख उपाध्यक्षमा ६९ को मनोनयन परेको छ । एक सय तीन वडामा चार सय ९५ ले वडाध्यक्ष पदमा उम्मेदवारी दिए ।

महिला सदस्यका लागि तीन सय ८७ जना, दलित महिला सदस्यका लागि तीन सय ४९ जना र खुला सदस्यका लागि आठ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको  हो ।

बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १५ को उम्मेदवारी परेको छ भने जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा सबैभन्दा कम पाँच पाँचले मनोनयन दर्ता गराए  ।

सबै पदमा गरेर सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा तीन सय १६ को उम्मेदवारी परेका छन्  । यस्तै, इन्द्रावती गाउँपालिकामा दुई सय ५८ उम्मेदवारी परेको छ भने मेलम्ची नगरमा पनि दुई सय ५८ जनालेनै मनोनयन दर्ता गरेका छन् ।

त्यसपछि क्रमशः बाह्रबिसे नगरपालिकामा एक सय ८७, त्रिपुरासुन्दरी गाउँपालिकामा एक सय ३८, जुगल गाउँपालिकामा एक सय ४०, भोटेकोशी गाउँपालिकामा एक सय ४४, बलेफी गाउँपालिकामा एक सय ८५, पाचँपोखरी गाउँपालिकामा एक सय ४३,     लिसङखुपाखर गाउँपालिकामा एक सय ७६,   सुनकोसी गाउँपालिकामा एक सय ४९ जना रहेका छन् ।

सबैभन्दा कम हेलम्बु गाउँपालिकामा एक सय २४ ले उम्मेदवारी दर्ता गराएका छन् । साथै, भोटेकोशी गाउँपालिकामा केही उम्मेदवारीले फिर्ता लिन सक्ने भएकोले यो संख्या भने केही घट्ने सम्भावना  रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com